Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारको तयारी

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

नेकपा एमाले र जनता समाजवादी (जसपा)औपचारिक रुपमा विभाजित बनेपछि उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बिहीबार विहान देउवालाई भेट्न अध्यक्ष प्रचण्ड र नेता नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको भएकाे बुझिएको छ।  सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले एमाले विभाजन गरी नयाँ दल (एमाले समाजवादी) निर्वाचन आयोगमा दर्ता गरेका छन्।

पार्टी विभाजनपछि पहिलो पटक बालुवाटार पुगेका नेपाललाई प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमाले समाजवादीको अध्यक्ष बनेको भन्दै बधाइ समेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077