Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यी हुन् अन्तिम समयमा माधव नेपाललाई ‘धोका’ दिने एमाले नेताहरु

काठमाडौं । २४ वर्षपछि नेकपा एमाले औपचारिक रुपमा फुटेको छ। लामो समयदेखिको विवाद र धुव्रीकरणकाबीच बुत्रबार एमाले फुटेको हो। एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी पुनर्गठन गरेका छन्। वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्न निवेदन दिएका छन्।

नेता नेपालको साथमा रहेका एमालेका दोस्रो तहका नेता चाहिँ उनको गुटबाट अलग्गिएका छन्। महासचिवको चर्चामा रहेका घनश्याम भुसाल पनि नेकपा एमाले समाजवादीमा नजाने भएका छन्।

नेकपा एमालेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालले नेता नेपालको साथ छाडेका छन्। वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता गर्ने तयारी गरेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए।

तर, नेता नेपाल त्यसमा पनि सहमत भएनन्। र, नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पु¥याएर दल दर्ता गर्न अघि बढेका छन्।

तर, उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ। सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले नेपाल समूह छाडेका हुन्।

तर, स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने वरिष्ठ नेता नेपालसँगै नयाँ दलमा सामेल भएका छन्। केन्द्रीय कमिटीका तेस्रो तहका अधिकांश युवा नेता नेपाल समूहमा छन्।

एमाले उपाध्यक्ष ज्ञवालीले अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरूलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077