Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनाव चिन्ह 'खुला किताब' लिएर दल दर्ता गर्न निर्वाचन आयोग पुगे नेपाल पक्षका नेताहरु

काठमाडौँ । नयाँ दल दर्ताको तयारीमा रहेका नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश प्रमाणीकरण गरेपछि  नेपाल पक्षका नेताहरु आयोगको कार्यालयमा पुगेका हुन्।

कुल २६० केन्द्रीय कमिटी रहेको नेकपा एमालेमा ६७ केन्द्रीय सदस्य र २४ सांसदको हस्ताक्षर सहित निर्वाचन आयोगमा पुगेको नेत्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।

उनका अनुसार नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताव प्रस्ताव गरिएको छ।

सरकारले कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो । सरकारले एमाले र जनता समाजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको राजनीतिक वृत्तमा टिप्पणी छ ।

नयाँ दल दर्ता गर्ने क्रममा एमाले उपाध्यक्ष बामदेव गौतमको पनि साथ रहेको नेपाल पक्षको दावी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077