Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन जरुरी : आईजीपी क्षेत्री

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न जरुरी रहेको बताएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुखहरु, सबै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण लक्षित विषयमा निर्देशन सम्बोधन गर्दै आईजीपी क्षेत्रीले सो कुरा बताएका हुन्।

यस्तै, ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन जरुरी रहेको चर्चा गर्दै आईजीपी क्षेत्रीले सडक सुरक्षा, सडक दुर्घटना न्यूनीकरणका लागि मौलिक योजना तथा रणनिती तयार गरी अगाडि बढ्न समेत निर्देशन दिए । ड्युटी गर्ने शिलशिलामा आफ्नो ज्यानको बारेमा सजग हुन आग्रह गर्दै आईजीपी क्षेत्रीले कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्न निर्देशन दिए।

आफूले सम्पादन गर्नुपर्ने जिम्मेवारी परिणाममुखी हुनुपर्ने उल्लेख गर्दै आईजीपीले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोग गर्नुका साथै कोभिड-१९ को जोखिमलाई मध्येनजर गर्दै व्यक्तिगत स्वास्थ्य सुरक्षामा सावधानी अपनाई जिम्मेवारी वहन गर्न उनको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077