Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नयाँ दल दर्ताको तयारी गर्दै नेपाल पक्षका सांसदहरु, अध्यादेशको पर्खाइमा

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारवाही गर्ने पत्र सचिवालयमा पठाएपछि नेपाल समूहका सांसदहरु नयाँ दल दर्ताको तयारीमा जुटेका छन् ।  दल दर्ता गर्नका लागि नेपाल समूहका नेताहरु राष्ट्रपतिबाट दल विभाजन सम्बन्धी अध्यादेश जारी हुने पर्खाइमा रहेका छन् ।

सरकारले अध्यादेशमार्फत २० प्रतिशत केन्द्रीय सदस्यहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाल समूहका सांसदहरु दल दर्ता तयारीमा जुटेका हुन् ।

नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका एक नेताले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’

स्रोतका अनुसार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र कोस्टमा केही थप्ने टुंगो भइसकेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने प्रस्ताव आएको स्रोतको भनाइ छ , ‘पार्टीको नाममा विभिन्न विकल्पमा छलफल भएको छ । त्यसका लागि केही साथीहरूलाई जिम्मा दिएको छ,’ स्रोतले भन्यो, ‘चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा हुन सक्छ तर टुंगिएको छैन । थप विकल्पको खोजी भइरहेको छ ।’

ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। नेता नेपालले विश्वास गरेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताहरु पनि नेपालबाट अलग्गिएका बेला नेपालले युवा नेताहरुसँग धेरै भर गरेका छन्।

पछिल्लो समय नेता नेपाललाई उपाध्यक्ष बामदेव गौतमले पनि साथ दिने देखिएको छ। बामदेव पत्नी तुलसा थापा नेपाल समूहको बैठकमा सहभागी भएपछि नेपाललाई गौतमले साथ दिने पक्का भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077