काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयको आलोचना गरेका छन् ।
सरकारले दल विभाजन गर्न सजिलो हुने प्रावधानसहितको अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सामाजिक सञ्जालमार्फत् डा. कोइरालाले सो निर्णयको आलोचना गरेका हुन्।
प्रधानमन्त्रीबाट गम्भीर चूक भएको भन्दै कोइरालाले अध्यादेशबाट सरकार चलाउने कांग्रेसको संस्कार नभएको र अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने उल्लेख गरेका छन्।
कोइरालाले ट्वीटमा भनेका छन्, ‘सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न । सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो । यो चुक प्रधानमन्त्रीबाट भयो । यो कांग्रेसको संस्कार होइन ।’
https://twitter.com/Shekharnc/status/1427567566516408323