Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठायो (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।

मंगलबार अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको बैठकले उनीहरुलाई पार्टी विधानविपरित कार्य गरेको भन्दै कारवाही स्वरुप सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको एक नेताले बताए ।

ती नेताका अनुसार कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी रहेका छन्।

उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा समेत जानकारी गराइएको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077