Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कोरोना भाइरस

    ३,२७४ जनामा संक्रमण पुष्टि हुँदा २७ जनाको मृत्यु, १,९२९ जना डिस्चार्ज

    ३,२७४ जनामा संक्रमण पुष्टि हुँदा २७ जनाको मृत्यु, १,९२९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पीसीआर परीक्षणमा २ हजार ४५६ र ६ हजार १२४ को एन्टिजेन परीक्षणमा ८१८ जना गरी ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ३७ हजार २९४ जना पुगेको छ ।



    जसमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा र ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ३५४ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो सोमबार ३,४५१ जना संक्रमित थपिँदा ३५ जनाको मृत्यु भएको थियो भने  २,४५८ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार