Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वानेश्वरमा नयाँ दल दर्ताको तयारी गरेका माधव नेपाललाई एकतामा आउन केपी ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ ।

मंगलबार ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि सक्रिय योगदान गर्न आह्वान गरेको बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीले बैठकले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन आग्रह गरेको बताए । केही साथीले पार्टी छाडेर जाने तयारी गरेका भन्दै त्यस्तालाई नजानसमेत आग्रह गरे ।

तर, पार्टीको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएर नयाँ दल दर्ता गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्यहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाल समूहका सांसदहरुले सो निर्णय गरेका हुन्।

नेपाल पक्षका एक नेताका अनुसार सरकारको उक्त निर्णयपछि उत्साहित बनेका नेता नेपालले अब नयाँ दल दर्ता प्रक्रिया सुरु गरिहाल्ने बताएका छन्।

राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण भएपछि नेपाल पक्षले नयाँ दल दर्ता गर्ने भन्दै नेता नेपालले मंगलबार आफू निकट केन्द्रीय सदस्यहरुलाई फोन गरेर चाँडै दल दर्ता गर्नुपर्ने हुन्छ तयारी अवस्थमा रहनुस् भनेको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077