Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वानेश्वरमा नेपाल पक्षका सांसदहरुको भेला, पार्टी फुट्ने निश्चित !

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्यहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाल समूहका सांसदहरु एकै ठाउँमा भेला भएका हुन्।

भेलामा नेता नेपालसहित उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन्। नेपाल समूहका एक सांसदका अनुसार आगामी योजनाबारे छलफल गर्न सो समूहका सांसदहरुको भेला भएको हो।

यसअघि नेपाल समूहका नेता मेटमणि चौधरीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा रहेकाे र छिट्टै सरकारमा सहभागी हुने बताएका थिए।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तै गरी दल विभाजनका लागि अध्यादेश ल्याउँदा त्यसको विरोधमा उत्रिने प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव नै अहिले उस्तै प्रकृत्तिको अध्यादेश ल्याउने योजनाका मुख्य नेतृत्वकर्ता बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077