Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टी फुटाउने अध्यादेश ल्याउने तयारीमा रहेका देउवालाई भेट्न महन्थ पक्षका नेताहरु बालुवाटार पुगे

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।

मंगलबार विहान जसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि पार्टी विभाजनको तयारीमा रहेको ठाकुर पक्षका नेताहरुले प्रधानमन्त्री देउवालाई भेटेर वार्ता गर्नुलाई महत्वका साथ हेरिएको छ।

यसअघि सोमबार सर्वोच्च अदालतले जसपा आधिकारिकताको बिषयमा निर्वाचन आयोगकै निर्णयलाई सदर गरेको थियो।

सर्वोच्चले जसपाको आधिकारिकता यादव पक्षलाई दिने आयोगको निर्णयमाथि सदर गर्दै ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077