Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गृहमन्त्रीको निर्देशन

काठमाडौं –सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्काउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सोमबार गृहमन्त्री बालकृष्ण खाँणले नेपाली नागरिकलाई सुरक्षित स्वेदेश फर्काउनका लागि तत्काल पहल थाल्न निर्देशन दिदएका हुन्।

सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई गृहमन्त्रालयमै बोलाइ उनले यस्तो निर्देशन दिएका हुन्।

अफगानिस्तान हाल पूर्णरुपले विद्रोही समूह तालिबानको कब्जामा आइसकेको छ। आइतबार तालिबानले घेरा हालेपछि राष्ट्रपति अशरफ गानीले देश नै छाडेका थिए।

राजधानी काबुलमा पनि तालिबानले कब्जा जमाएपछि अफगानिस्तान छाडेर बाहिरिनेहरूको भीडले विमानस्थल भरिएको छ। बाहिरी देशहरुले खतरा रहेको भन्दै आफ्ना नागरिक फिर्ता गरिरहेका छन्। काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्न मानिसहरूबीच तछाँडमछाड नै चलेको देख्न सकिन्छ।

हुन त तालिबानका नेताहरुले नागरिकहरुलाई दुःख नदिने बताइसकेको छ। बरु आफूहरुले अब नागरिकको सुरक्षा गर्ने ती नेताहरुले सोमबार जानकारी दिएका छन्। उनीहरुको शालिन सन्देशले भने विश्वलाई केही हदसम्म राहत दिलाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077