Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टी फुटाउने अध्यादेश आउन लागेपछि ओली आक्रोशित, छलफलमा सक्रिय

काठमाडौँ । सर्वोच्च अदालतको फैसलाबाट दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापना भएपछि शुरु भएको चालु संसद अधिवेशनको आज अन्त्य भएको छ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरिएको हो।

यसैबीच, सरकारले संसद अधिवेशन अन्त्य गरेपछि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित बनेका छन् । ओलीनिकट एक नेताका अनुसार सरकारले संसद अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेको खबर बाहिर आएपछि ओली आक्रोशित बनेका हुन्।

सरकारको उक्त निर्णय सुनेका ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न थालेको बताइएको छ । स्रोतका अनुसार सरकारले ल्याउन लागेको अध्यादेशले माधव नेपाल पक्षलाई सहज हुने बुझिएको छ।

यसै बिषयमा छलफल गर्न महासचिव ईश्वर पोखरेलसहित पार्टीका पदाधिकारी र स्थायी कमिटीका नेताहरु ओली निवास बालकोट पुगेका छन् । सरकारले अध्यादेश ल्याउनुअघि नयाँ कदम चाल्ने गरी बैठक बसेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077