Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • प्रतिनिधिसभा बैठक

    ओलीलाई ‘धुन्धुकारी’को संज्ञा : ‘यो सरकारले कात्रोमा कमिशन खाँदैन, राष्ट्रपतिज्यूलाई रातभर जाग्राम राख्दैन’

    ओलीलाई ‘धुन्धुकारी’को संज्ञा : ‘यो सरकारले कात्रोमा कमिशन खाँदैन, राष्ट्रपतिज्यूलाई रातभर जाग्राम राख्दैन’

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रतिनिधिसभा सदस्य रङ्गमती शाहीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’को संज्ञा दिएकी छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद शाहीले पूर्वप्रधानमन्त्री ओली भागवत पुराणमा उल्लेखित पात्र ‘धुन्धुकारी’ जस्तै भएको बताइन।



    प्रतिनिधिसभा सदस्य शाही जब बोल्नका लागि संसदमा उभिन्छिन्, धेरैको ध्यान उनीतिर तानिन्छ, कारण हो- शाहीको रसिक, तर व्यंग्यात्मक अभिव्यक्ति आज पनि उही पुरानै शैलीमा अघिल्लो सरकारलाई कटाक्ष प्रकट गरिन्।



    ‘दुई तिहाई पाएका पूर्वप्रधानमन्त्री कलियुगको धुन्धुकारी नै हुनुभयो । जसले आफ्नो पार्टी र संसद दुवैतिर धुन्धुकारीको भूमिका निर्वाह गर्नुभयो,’ शाहीले भनिन्, ‘अब गोकर्णको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको अवतरण भएको छ ।’

    यस्तै, सांसदशाहीले ओली सरकारका पालामा भएका अनियमिततालाई उदाहरणका रुपमा लिँदै भनिन्, ‘यो सरकारले नयाँ नक्सा छापिएको पुस्तकको वितरण रोक्दैन, बालुवाटारबाट शासन गर्दैन, ललिता निवास, यति, ओम्नी र ७० करोड भिडियो प्रकरण, वाइडबडीमा भएको भ्रष्टाचारको आफै अख्तियारको प्रमुख भएर जवाफ दिँदैन ।’

    उनले अगाडि भनिन्, ‘ढुक्क हुनुस् । आफूलाई निन्द्रा नलागे राष्ट्रपतिज्यूलाई रातभर जाग्राम राख्दैन, सत्ता जोगाउन पशुपतिमा जलहरी चढाउँदैन, सांसदको अपहरण पनि गर्दैन, कात्रोमा पनि कमिशन खाँदैन, खानेलाई पनि बचाउँदैन । सकेसम्म आफ्नो निजी सम्पत्ति सरकारलाई दिने घोषणा गर्दछ ।’

    शाही हुम्ला जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार