Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नारायणी अस्पतालमा अख्तियारको छापा, परिसरमा मच्चियो खैलाबैला

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाले नारायणी अस्पतालमा छापा मारेको छ।

आइतबार आयोगका उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा ५ सदस्यीय छानविन टोलीले वीरगंजस्थित नारायणी अस्पतालको फार्मेसीमा छापा मारेको क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख अर्जुनप्रसाद शर्माले जानकारी दिए ।

प्रमुख शर्माका अनुसार विभिन्न सञ्चार माध्यममा नारायणी अस्पतालको फार्मेसीले १ करोड २३ लाख अनियमितता भएको भन्ने समाचार प्रकाशित भएपछि सो को सम्बन्धमा छानबिन गर्न छापा मारेको हो।

यस सम्बन्धमा थप जानकारी आइसकेको छैन । अस्पताल स्रोतका अनुसार अख्तियारले छापा हानेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077