Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अफगानिस्तानमा रहेका नेपालीको चाँडो उद्धार गर्न प्रचण्डको आग्रह

    अफगानिस्तानमा रहेका नेपालीको चाँडो उद्धार गर्न प्रचण्डको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफ्गानिस्तानमा रहेका नेपालीहरुको सुरक्षलाई मध्यनजर गर्दै सरकारले अबिलम्ब प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

    सोमबार सामाजिक सञ्जालमार्फत् अध्यक्ष प्रचण्डले आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धार रहेको उल्लेख गरेका छन्।



    पूर्वप्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार