माओवादी केन्द्रीय समितिको बैठक जारी, राजनीतिक प्रतिवेदन र विधानकाबारे छलफल
माओवादी केन्द्रीय समितिको बैठक जारी, राजनीतिक प्रतिवेदन र विधानकाबारे छलफल
अनलाइन नेपाल
आइतबार, ३१ साउन २०७८
1.7K
SHARES
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी रहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची छ ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन् । यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो ।
बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानकाबारेमा छलफल भएको बताइएको छ ।
हिमचुली मिडिया प्रा. लि.
इमेल: mail.onlinenepal@gmail.com
फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387)
ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं
दर्ता नम्बर: 1695/076/077
हाम्रो टिम
सञ्चालक/प्रबन्ध निर्देशक
सुशील न्यौपाने कार्यकारी सम्पादक
कुमार भण्डारी
डेक्स सम्पादक
पूर्ण बहादुर साउद प्रमुख सम्वाददाता
जनकसिंह धामी
रामनारायण यादब (मधेश प्रदेश)
Leave a Reply