Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • श्रीमती र प्रेमिकाको हत्या गरी खेतमा गाडियो शव, ३ वर्षपछि खनेर हेर्दा कंकाल र चुरा भेटियो

    श्रीमती र प्रेमिकाको हत्या गरी खेतमा गाडियो शव, ३ वर्षपछि खनेर हेर्दा कंकाल र चुरा भेटियो

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । महाराष्ट्रको सतारा जिल्लाको डोममा रहने एक सिरियल किलर सनकी डाक्टर सन्तोष पोललाई त्यहाँका मानिसले सात वर्षपछि पनि भुल्न सकेका छैनन्। सिरियल किलर पोलले सात महिलाहरुको हत्या गरेका थिए।

    अहिले फेरि सोही स्थानबाट बाहिरिएको एक घटनाले त्यहाँ त्रास फैलाएको छ। डाममा रहने नितिन गोललाई प्रहरीले श्रीमती र प्रेमिकाको हत्या गरेको आरोपमा पक्राउ गरेको छ। यतिमात्र नभएर अन्य व्यक्तिहरुको पनि हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।



    नितिनले गत अगस्ट ३ मा प्रेमिकाको हत्या गरेका थिए। र उनको शवलाई पहिला श्रीमतीकै शव गाडेको ठाउँमा गाडिदिए। यससँगै प्रहरीले दुई बेपत्ता भएका महिलाको हत्या पनि नितिनले गरेको हुन सक्ने आशंका गरेको छ। हाल नितिन प्रहरी हिरासतमा छन्। घटनाको सोधपुछका क्रममा उनले हालसम्म मुख खोलेका छैनन्। प्रहरीले आफ्नै किसिमको अनुसन्धानबाट धेरै कुराहरु पत्ता लगाइसकेको छ।



    अनुसन्धानमा नितिनले २०१९ मै आफ्नी श्रीमती मनिषाको हत्या गरेको खुलेको छ। हत्यापछि उनले मनिषाको शवलाई खेतमा लगेर गाडेका थिए। उक्त स्थान खनेर हेर्दा त्यहाँ कंकाल, स्वीटर र चुरा फेला पारिएको छ।

    हत्याको कारणबारे यकिन तथ्य बाहिर आएको छैन। तर सरकार जागिर छाडेपछि श्रीमती र प्रेमिकाले धोका दिएका कारण हत्या भएको आशंका गरिएको छ।

    नितिनले कसरी गरे श्रीमती मनिषा र प्रेमिका सन्ध्याको हत्या ?

    नितिन गोलको विवाह गाउँमै रहने मनिषासँग भएको थियो। त्यसपछि उनीहरु दुबै कोहलपुर आएर बस्न थालेका थिए। त्यसको केही वर्षपछि नितिनलाई मनिषाको अवैध सम्बन्धबारे जानकारी भयो। उनीहरुको २ बच्चा पनि छन्।

    अवैध सम्बन्धबारे थाहा पाएपछि नितिले मनिषालाई फकाएर गाउँ लगे। २०१९ मा उनले घाँटी थिचेर मनिषाको हत्या गरे र खेतमा गाडीदिए। यसबारे कसैलाई केही जानकारी भएन। आफ्ना बच्चाहरुलाई नितिनले आमा हराएको जानकारी गराए।

    त्यसपछि सतराकी सन्ध्या नाम गरेकी महिलासँग उनको भेट भयो। उनीहरुबीच प्रेम बस्यो। हुन त सन्ध्याको पनि पहिल्यै विवाह भइसकेको थियो। उनका पति जँडिया थिए। नितिन र सन्ध्या सँगै बस्न लागे। जब नितिनले जागिर छोडेर आए उनलाई सन्ध्याले अर्कै व्यवहार गरेको महसुस भयो।

    सन्ध्याको चरित्र पनि ठीक नलागेको कारण नितिनले ३ वर्षअघि जसरी श्रीमतीलाई मारे त्यसरी नै प्रमिका सन्ध्याको पनि ज्यान लिए। साताराको एक खेतमा सन्ध्याको लाश भेटिएपछि प्रहरीले खनुसन्धान थाल्यो। यही केसमा नितिन पक्राउ परेपछि श्रीमतीको पनि हत्या गरिएको पाइएको हो। हाल भारतीय प्रहरीले घटनाको गम्भीर अनुसन्धान भइरहेको जानकारी दिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार