Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले एकता हुन नसक्ने माधव नेपालको संकेत

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब पार्टी एकता टरेको संकेत गरेका छन्। बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा नेता नेपालले अब पार्टी एकता जोगाउन नसकिने आशय व्यक्त गरेका छन्।

पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको जानकारी दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए। पार्टीका एकतर्फी गतिविधिहरु रोक्न माग गरे पनि ओली समूहले वेबास्ता गरेपछि अब पार्टी विभाजनको संघारमा पुगेको उनले जानकारी दिए।

अहिले पार्टीको विधान संशोधन गर्ने प्रस्ताव सुनिसकेपछि भ्रममा परेका नेताहरु पनि निराश भएको बताउँदै उनले वामदेव गौतमले जस्तो अपमानित भएर पार्टीमा बस्न नसकने स्पष्ट पारे।

उनले ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो भनेर प्रश्न गरे। केपी ओलीका महासचिवले आउने आउँछन् जाने जान्छन् पार्टी अगाडि बढ्छ भन्ने गरेको पनि नेता नेपालले बताए। त्यस्तो अवस्थामा लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077