Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक

    आगामी चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रचण्डको प्रस्ताव (प्रस्तावको पूर्णपाठ सहित)

    आगामी चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रचण्डको प्रस्ताव (प्रस्तावको पूर्णपाठ सहित)

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्तीमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् ।

    शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्दै गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिएका छन् ।



    काठमाडौंमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले उक्त प्रस्ताव पेस गरेका हुन्।



    बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्तावदेखि गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने प्रस्ताव गरेका हुन्। उनले आगामी पुस ११ १२ र १३ राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

    नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतः सही भएपनि केपी शर्मा ओली र उनको गुटमा देखा परेको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको दाहालको विश्लेषण छ ।

    ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रष्ट हुँदै गएको भन्दै प्रचण्डले आफ्नो प्रस्तावमा भनेका छन्–‘उनले पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरे ।’

    ओलीले पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफू निकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पुँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपपयोग गरेको, संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेको उनको आरोप छ ।

    ओली प्रवृत्तिविरुद्ध नेकपाको बहुमत भएपनि उनले आत्मालोचना गरेर सुध्रिने प्रयास गर्नुको साटो झन् निरंकुश र तानाशाही बनेको भन्दै प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन्, ‘प्रतिनिधिसभाको दुईदुई पटक विघटन गरी जनमतको अपमान गर्न पुगे ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्रीबाट भएको असंवैधानिक कदमलाई आँखा चिम्किएर समर्थन गरेको उनले बताएका छन् । दोस्रो पटक संसद विघटन भएपछि वाम लोकतान्त्रिक मोर्चा बनाएर अघि बढ्ने नीति पार्टीले लिएको र वर्तमान सरकार त्यसकै पछिल्लो कडी भएको उनले बताएका छन् ।

    उनले भनेका छन्–‘यस सरकारलाई विगतमा भएका सरकारहरुको हेरफेरका सामान्य घटनाका रुपमा बुझ्नु गल्ती हुनेछ ।’

    संविधानको रक्षा, लोकतन्त्रको संस्थागत, संघीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्ण रुपमा परास्त गर्ने, र शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता जस्ता जिम्मेवारी गठबन्धनसामू रहेको उनले बताएका छन् ।

    ‘केपी ओलीको प्रतिगमनका विरूद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ। यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन्’, उनले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायीत्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा कायम राख्ने पार्टीको नीति हुनेछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार