Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने नेता प्रचण्ड’

    ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने नेता प्रचण्ड’

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् । प्रचण्डकै कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको तथा आफ्नो मुख्यमन्त्री पद पनि गुमेको अवस्थामा उनी प्रचण्डमाथि खनिएका हुन् ।

    दाङमा आज आयोजित एक कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोपसमेत लगाए ।



    प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको पनि उनको टिप्पणी थियो ।



    आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको उनको आरोप छ ।

    उनले भने–‘प्रचण्ड माओवादीका नेता, उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्‍यौं । पार्टी एकता गर्‍यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नु भएको रैनछ । माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो । आजको परणामले त्यही पुष्टि हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार