Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कहाँ अड्कियो एमाले एकता ? पार्टी एकताका लागि ओली समूहको कस्तो धारणा ?

काठमाडौं । पछिल्ला दिनहरुमा नेकपा एमालेको एकता टरेको विश्वास गरिएको छ। शीर्ष नेताहरुको टकाव कायमै रहेपछि तत्कालका लागि पार्टी एकता हुन नसक्ने अनुमान गरिएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकता जोगाउनका लागि पार्टीका एकतर्फी गतिविधि रोक्न माग गरेपनि अध्यक्ष केपी शर्मा ओली समूहले त्यसलाई बेवास्ता गर्दै अघि बढ्यो। जसका कारण माधव समूह विद्रोहको मैदान उत्रिने तयारीमा छ।

यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी एकताका लागि हरसम्भव प्रयास गरिने बताएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्तमाथि सर्त बढाए पनि पार्टी एकताको प्रयास जारी राखिको ओली पक्षको भनाइ छ।

एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन्। प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले सर्तमाथि सर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे।

पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उनले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077