Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कोरोना भाइरस

    ३,२६० जनामा संक्रमण पुष्टि हुँदा ३२ जनाको मृत्यु, २,२९४ जना डिस्चार्ज

    ३,२६० जनामा संक्रमण पुष्टि हुँदा ३२ जनाको मृत्यु, २,२९४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार २९४ जना संक्रमणमुक्त भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ जनाको पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ एन्टिजेन परीक्षणमा ७८७ जना गरी ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख २५ हजार ७६९ जना पुगेको छ ।



    जसमध्ये ३४ हजार ८३८ जना होम आइसोलेसनमा र ३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार २१२ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो बुधबार ३,४८१ जनामा संक्रमण पुष्टि हुँदा ३० जनाको मृत्यु भएको थियो भने १,८८५ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार