Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा अख्तियारको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

बिहीबार बिहान अख्तियारको केन्द्रीय कार्यालय ५ जना र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको १ जनाको टोलीले छापा मारेको हो। टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिष्ठानका पदाधिकारीले औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका स्वास्थ्य सामग्रीहरुमा भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए।

यस्तै सरकारी प्रतिवेदनमा पनि भ्रष्टाचारको आरोप लागेको संस्थाबाटै सामग्री खरिद गरिएको, १४ करोड ६० लाखको खरिदमा मूल्य सार्थकता सुनिश्चित नभएको, ८ गुणा महँगोमा एक दशकदेखि इन्टरनेट सेवा लिएको उल्लेख गरिएको छ ।

यसैगरी मिलेमतोमा एमआरआई, सिटी स्क्यान मेसिन खरिदमा पटक–पटक बोलपत्र रद्द गरेको, बिना प्रतिस्पर्धा प्रतिष्ठानको जग्गा निजी स्कुललाई भाडामा दिएको, उपकुलपति डा ज्ञानेन्द्र गिरीको योग्यताबारे छानबिन आवश्यक रहेको जस्ता विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077