Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेमा राजनीतिक चरित्र नभएकाे भन्दै युवा संघका उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य माओवादीमा प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेनिकट राष्ट्रिय युवा संघका उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

युवा संघका केन्द्रीय उपाध्यक्ष याेगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्केिएका हुन् । आज उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुशापकमल दाहाल 'प्रचण्ड'लाई भेट्दै नेकपा एमाले परित्याग गरेकाे बताए । उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरेका थिए । साउदले २६ जना केन्द्रीय सदस्य फर्केकाे जानकारी अध्यक्ष प्रचण्डलाई जानकारी समेत गराए।

उपाध्यक्ष याेगेश २०५७ सालदेखि माओवादी आन्दाेलनमा लागेका लागेका थिए । जनमिलिशियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेकाे युवासंघमा उपाध्यक्षकाे जिम्मेवारी पाएका थिए।

एमालेभित्र लाेकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकाेले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएकाे र गाैरवशाली इतिहासलाई धाेका दिन नसकिने लागेर पुनः माओवादी केन्द्रमा फर्केकाे साउदले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077