काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ जनाको पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख २३ हजार २९६ जना पुगेको छ ।
जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा र ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार १८० जनाको मृत्यु भएको छ ।
Leave a Reply