Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देउवालाई हात जोड्दै ओलीले भने–मेरो पार्टीका सांसदलाई मन्त्री बनाइदिनोस्

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीबाट हटेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यङ्ग्यात्मक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवासँग हात जोड्दै आफ्ना सांसदहरुलाई मन्त्री बनाइदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेका एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्री देउवासँग आफ्नो पार्टीका सांसदहरूलाई मन्त्री बनाइदिन व्यंग्यात्मक आग्रह गरेका हुन् ।

ओलीले पार्टीको निर्देशन विपरित देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिने सांसदहरूलाई मन्त्री बनाइदिन भन्दै व्यंग्य गरेका हुन् ।

संसद बैठकमा प्रधानमन्त्री देउवातिर हेरेर हात जोड्दै ओलीले भने–‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक हिरिक हिरिक भएका छन् । यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुद्‍या कुद्‍यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077