Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ‘स्टाण्डर्ड नाप र तौल विधेयक, २०७८’ पारित

    ‘स्टाण्डर्ड नाप र तौल विधेयक, २०७८’ पारित

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकले ‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।



    सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद कोमल वलीले आफ्नो धारणा राखेकी थिइन् भने छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिएका थिए ।



    राष्ट्रियसभाको अर्काे बैठक यही साउन २७ गते बुधबार दिनको १ बजे बस्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार