Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ राजदूतको चलखेल, एमसीसी रोक्न भन्दै यान्छी पुगिन् उपेन्द्रकै अपार्टमेन्टमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी राजदूत यान्छीले मंगलबार यादवलाई भेटेकी छन् ।

मंगलबार अध्यक्ष यादवलाई भेट्न राजदूत यान्छी यादवकै अपार्टमेन्ट पुगेको स्रोतले बताएको छ। पछिल्लो समय नेपालीको राजनीतिक घटनाक्रममा चीनको सक्रियता बढेको चर्चा हुने गरेको छ ।

यस्तै, अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट संसदबाट पारित गर्ने भनिएपछि राजदूत होउ यान्छीले यसलाई राेक्न सक्रियता बढाएको बुझिएको छ।

एमसीसीलाई संसदबाट पारित हुन नदिन र चीनको बिआरआईलाई आगाडी बढाउन उनको सक्रियता बढेको टिप्पणी भइरहेको छ ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै राजदूत यान्छीले सक्रियता बढाएर नेताहरुमाथि एमसीसी पारित नगर्न दबाब सृजना गरिरहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077