Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • प्रधानमन्त्रीबाट बर्खास्त भएपछि पहिलो पटक ओलीले संसदमा सम्बोधन गर्दै

    प्रधानमन्त्रीबाट बर्खास्त भएपछि पहिलो पटक ओलीले संसदमा सम्बोधन गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन् ।

    साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको बताइएको छ। प्रतिनिधिसभाको बैठक आज अपरान्ह् १ बजे बस्दैछ ।



    यस्तै, आजको बैठकमा सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न लागेका हुन्।



    बैठकमा अर्थमन्त्रीले यर्थाथपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले यर्थाथपत्र सार्वजनिक गर्नका लागि अर्थमन्त्रीले समय माग गरेको बताए।

    अर्थमन्त्री शर्माले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमका बारेमा जानकारी दिने उद्देश्यले यर्थाथपत्र ल्याउन लागेको यसअघि नै घोषणा गरिसकेका छन् । उनले कोही कसैलाई आरोपित गर्नेभन्दा पनि मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा देश र जनतालाई जानकारी दिनु सरकारको दायित्व रहेको बताउँदै आएका छन् ।

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि पहिलो पटक श्वेतपत्र नभनीकन यर्थाथपत्र सार्वजनिक गर्न लागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार