Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालुवाटारमा भूमिगत गिरोह जसले उल्कापात मच्चाइरहेको छ

काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन्।

देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन्। स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त गर्ने उनको चाहानामा पत्नी आरजु बाधक बनेकी छन्।

उनी भानुलाई कुनै पनि हालतमा नियुक्त गर्ने पक्षमा छैनन् । भतिज प्रकाश देउवालाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने आरजुको अडानका कारण सचिवालय रिक्त भएको हो। यसबाट बालुवाटारमा दुई गुट रहेको प्रस्ट हुन्छ।

देउवालाई महान बनाउने नाममा आरजुको योजनामा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने....’ भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएका छन्। यसको चौतर्फी विरोध भएको छ। सचिवालयले पूर्णता नपाउँदै बालुवाटरमा कुन गिरोह पसेर उल्कापात मच्चाएको हो भन्ने कुरा स्वयं प्रधानमन्त्रीले पनि थाहा पाएका छैनन्।

यो समाचार आजको दृष्टि साप्ताहिकमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077