Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव समूहले बैठक रोक्न गरेको माग ओली समूहले टेरेन, ‘डिभोर्स’को खतरा

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक रोक्न माग पनि ओली समूहले टेरेन। यसअघि नेपाल पक्षले पार्टीमा एकतर्फीरुपमा भइरहेको सबै गतिविधिहरु रोक्न माग गरेको थियो। पार्टी विवाद समाधानका लागि नेपाल समूहले आजको बैठक पनि रोकन माग गरेको थियो।

सोमबार स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ। दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ।

पार्टी एकताका लागि माधव नेपालले ओलीसँग अन्तिम मौका रहेको बताउँदै आएका छन्। यदि ओलीले संसद विघटन गलत हो भनेर आत्मआलोचना गर्दै माफी मागेमा र पार्टीमा भइरहेको गतिविधिहरु तत्काल रोकेमा एमाले एकता हुने बताएका थिए। यदि त्यसो नभए ओलीसँग ‘डिभोर्स’ हुने नेपालले जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077