मकवानपुर । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो दुर्घटना हुँदा चालकक ओम्रित्यु भएको छ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन् जसमा भारत विहार घर भएका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् ।
अहिले घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।