Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड, मन्त्रिपरिषद विस्तारको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छ्न्।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन् ।

अहिले प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल चलिरहेको बताइएको छ ।

यसअघि आज बिहान अध्यक्ष प्रचण्डले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग आफ्नो निजि निवास खुमलटारमा भेटवार्ता गरेका थिए । पछिल्लो समय गठबन्धनद्वारा कांग्रेस सभापति देउवा नेत्तृत्वको सरकारले पूर्णता नपाएको अवस्थामा राजदूतसँगको यो भेटलाई अर्थपूर्ण रुपमा बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077