Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओलीले जति नै गाली गरे पनि एकता होस् भन्ने चाहन्छु : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति नै धेरै गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् ।

शुक्रबार सम्पन्न आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकतामा जोड दिएका हुन् ।

‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु,'नेता नेपालले भने, 'एकताका लागि मेरो प्रयत्न जारी छ ।'

त्यस्तै नेता नेपालले भने, ‘केपी ओलीले अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीहरुले आशंका गर्नुभएको छ । तर त्यसो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहान्छु।'

बिहीबारदेखि राजधानीको बुद्दनगरमा सुरु भएको नेपाल पक्षको केन्द्रीय सदस्य बैठकले पार्टी एकताका लागि लचिलो बन्ने तथा नेतृत्व पक्षले आत्मालोचना गर्नु पर्ने निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077