Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकियो, तत्काल सरकारमा नजाने निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो । बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल भएको थियो ।

राजधानीको बुद्दनगरमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी एकताकै पक्षमा जोड दिएका छन् भने केही केन्द्रीय सदस्यहरुले केपी शर्मा ओलीसँग एकता गर्नै नहुने धारणा पनि राखेका छन् ।

यस्तै, कतिपयले भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा पनि राखेका थिए । तर, बहुमत केन्द्रीय सदस्य एकताकै पक्षमा देखिएका छन् ।

माधव नेपाल पक्षका एमालेका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले पार्टी विभाजनको तयारी पनि नभएको र अहिलेको अवस्थामा नयाँ पार्टी खोल्ने अवस्था पनि नभएको बताएका छन् ।

‘एमाले दुई पार्टी जस्तो अवस्था भएको र दूरी टाढा भएको भए पनि नयाँ पार्टी खोल्ने अवस्था छैन, तत्काल सरकारमा जाने संभावना पनि छैन’ पाण्डेले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077