Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • मुलुक गम्भीर संकटमा पुगेको भन्दै लेबनानले विश्व समुदायसँग माग्यो सहयोग

    मुलुक गम्भीर संकटमा पुगेको भन्दै लेबनानले विश्व समुदायसँग माग्यो सहयोग

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । लेबनानले मुलुक गम्भीर संकटमा पुगेकाले सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको छ। राष्ट्रपति मिचेल औनले बुधबार मुलुक अति अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन्।

    राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा विश्व समुदायको सहयोग अत्यावश्यक भइसकेको उल्लेख गरिएको छ। विकासमा धेरै पछाडि परेको मुलुक लेबनानमा अहिले अकल्पनीय तरिकाले गरिबीको वृद्धि बढीरहेको छ।



    त्यसैगरी कोरोना भाइरसको महामारीले पनि लेबनानलाई नराम्रोसँग थला पारेको छ। महामारीका कारण औषधिको अभाव र स्वास्थ्य सेवामा समस्या भइरहेको छ।



    सरकारी अधिकारीहरूका अनुसार सिरियाबाट विस्थापितहरूको ठूलो भार पनि लेबनानलाई नै परेको छ। त्यसैले लेबनानलाई सहयोगको खाँचो परेको उनीहरूले बताएका छन्।

    लेबनानमा अहिले विद्युत् तथा पानीसम्बन्धी सेवाका लागि भौतिक संरचनाहरू निर्माण तथा मर्मत गर्न सहयोगको आवश्यकता रहेको छ। त्यसैगरी लेबनानको सैनिकलाई पनि सहयोगको खाँचो रहेको राष्ट्रपतिले उल्लेख गरेका छन्।

    बेरुत नाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि चाहिने सहयोग आफूहरूका लागि सबैभन्दा प्राथमिकतामा रहेको उनको भनाइ छ। बेरुत नाका देशको अर्थतन्त्रका लागि ठूलो कोसेढुङ्गा भए पनि अहिले सञ्चालन नभएकाले समस्या भएको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार