Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपालको यस्तो ‘सर्त’का कारण ओलीसँग भेटवार्ता भएन

काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टीको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रत्यक्ष भेटवार्ता हुनुपर्ने बताउँदै आएका छन्। मंगलबार यी दुई नेतालाई वार्तामा बसाउने तयारी पनि गरियो। तर, भेटवार्ता हुन सकेन।

दुबै पक्षका दोस्रो तहका नेता र विघटित कार्यदलका सदस्यहरुले दुई नेतालाई आज पनि वार्ता बसाउन सकेनन्। दुई नेताबीच मंगलबार हुने भनिएको वार्ता भाँडिनुमा माधव नेपालको ‘सर्त’लाई बुझिएको छ। नेता नेपालले अध्यक्ष ओलीले संसद विघटन गलत थियो भनेर आत्मालोचना गरेमा आफू वार्तामा बस्ने बताएका थिए। तर, ओलीले नेपालको सर्त मानेनन्।

‘बहुमत प्राप्त सरकार हुँदा हुँदै संसद विघटन गरेर गलत गरेको कुरामा उहाँले पहिला आत्मालोचना गर्नुप¥यो,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘यदि त्यसो भएमा ओलीजीसँग मेरो भेट हुनेछ।’ ती नेताका अनुसार ओली नेपालको सर्त मान्न राजी भएनन्।

त्यतिमात्र हैन नेपालले पार्टी एकताका लागि कि आफूलाई पनि ओलीकै जति अधिकार दिइनुपर्ने कि तेस्रो व्यक्तिलाई अध्यक्ष बनाउनु पर्ने बताउँदै आएका छन्। मंगलबार नभए पनि दुई नेतालाई वार्ता बसाउन पुनः प्रयास गरिने नेताहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077