Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'ओलीको हावादारी गफले दार्चुला घटना घट्यो, यस्तो झुक्याउने काम नगर्नु'

काठमाडौँ । सांसद विमला विकले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामीको ज्यान गएकोमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद बिकले उक्त घटनाको सत्यतथ्य छानबिनको माग समेत गरिन।

एक मिनेट छुट्याएको समयमा बोल्दै उनले २०७४ सालमा दुई तिहाइ मतका साथ प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पहिलो निर्णय नै १ वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु भनेर झुटो आश्वासन दिएको बताइन् ।

सांसद विकले ३ वर्ष प्रधानमन्त्री हुँदा पनि तुइन विस्थापित नहुनुले ओलीको भनाइहरू हावादारी हुने गरेको अहिले आएर प्रमाणित भएको बताइन् । यस्तै, सांसद बिकले अब नेतृत्वमा बस्नेले सक्ने कुरा र काम मात्र गर्न आग्रह गर्दै जनतालाई पहिले जस्तो झुक्याउने काम नगर्न सुझाव समेत दिईन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077