Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालकोट जाने तयारी गरेका नेपाललाई कोटेश्वरमै रोके प्रचण्डले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार मङ्गलवार बिहान कोटेश्वरस्थित नेपाल निवास नजिकैको एक घरमा प्रचण्ड-नेपालबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक विषय तथा सरकारमा सहभागी हुने नहुनेबारे छलफल भएको बुझिएको छ।

यता, आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भेट्ने तयारी भइरहेको बेला ठीक त्यसअघि प्रचण्ड-नेपालबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपि ओली र नेपालबीच आजै भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।

पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077