Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बालकोट जाने तयारी गरेका नेपाललाई कोटेश्वरमै रोके प्रचण्डले

    बालकोट जाने तयारी गरेका नेपाललाई कोटेश्वरमै रोके प्रचण्डले

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

    स्रोतका अनुसार मङ्गलवार बिहान कोटेश्वरस्थित नेपाल निवास नजिकैको एक घरमा प्रचण्ड-नेपालबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक विषय तथा सरकारमा सहभागी हुने नहुनेबारे छलफल भएको बुझिएको छ।



    यता, आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भेट्ने तयारी भइरहेको बेला ठीक त्यसअघि प्रचण्ड-नेपालबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपि ओली र नेपालबीच आजै भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।



    पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार