Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले विवाद : ओली र नेपालबीच वार्ताको तयारी

काठमाडौं । लामो समयदेखिको एमाले विवाद सुल्झाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ताको तयारी भएको छ। दुई नेताबीच मंगलबार भेटवार्ता हुने बताइएको छ।

एमाले नेता सुवास नेम्वाङका अनुसार दुई नेताबीच आज भेटवार्ता गर्ने तय भए पनि समय र स्थान भने तय भइसकेको छैन। पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन्। दोस्रो तहका नेताहरू कै पहलका कारण ओली पक्षले माधव पक्षलाई स्पष्टीकरण सोधे पनि कारबाही अघि बढाएको छैन।

उता, माधव नेपालले पनि आफू पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन्। सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ। त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु। सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढङ्गले एकता होस् भन्ने मेरो चाहना छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077