Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड साँच्चै ‘एमाले नफुटोस्’ भन्ने चाहन्छन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अस्तित्वमा हुँदादेखि माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड एकअर्कासँग नजिकिए। लामो समय नेकपामा रहेर केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका प्रचण्ड र नेपाल एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एकअर्कासँग सहकार्य गरिरहेका छन्।

उनीहरुबीच निरन्तर भेटवार्ता भइरहेको छ। भेटहरुमा प्रचण्डले एमाले विवादमा चासो देखाउँदै नेपाललाई पटकपटक ओली प्रवृत्तिबारे सजक गराउने गर्थे। त्यतिमात्र हैन नेपाललाई नयाँ पार्टी गठन गरेर सरकारमा सहभागी हुन पनि उनले आग्रह गरेका थिए। एमाले फुटाउन सरकारले सबै सहयोग गर्ने बताउँदै प्रचण्डले नेपाललाई नयाँ पार्टी बनाएर अघि बढ्न निरन्तर सुझाव दिइरहेको बताइएको थियो।

आइतबार पनि प्रचण्ड र नेता नेपालबीच भेट भयो। कोटेश्वर पुगेर प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुने वा नहुने प्रष्ट धारणा मागे। नेपालले एमाले एकताका विषय छलफल भइरहेको अवस्थामा आफू सरकारमा सहभागी नहुने जानकारी दिए। नेपालको उक्त निर्णय प्रचण्डले माओवादी केन्द्रको बैठकमा ब्रिफिङ पनि गरे। त्यसक्रममा उनले आफूहरुले पनि एमाले एक होस् भन्ने चाहेको पनि जानकारी दिए।

एमाले फुटेमा कम्युनिष्ट आन्दोलनलाई केही न केही क्षति पुग्ने तर्क उनले गरेका थिए। ‘एमाले एकताको प्रयास भइरहेको छ। माधवजी त्यसमा पनि लागिरहनुभएको छ। हामी पनि एमाले नफुटोस् नै भन्न चाहन्छौँ। एमाले फुट्दा कम्युनिस्ट आन्दोलनलाई पनि केही न केही क्षति हुन्छ,’ प्रचण्डको भनाई थियो। तर, एमालेका ओलीनिकट नेताहरु प्रचण्डले एमाले एक होस् भन्ने नचाहेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077