Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृहमन्त्री खाँडको निर्देशन, ‘देशभरका सबै तुइन तत्काल हटाउनु’

काठमाडौं। दार्चुलाको तुइन घटनाले भारतीय एसबीबीको ज्यादती बाहिरिएको छ। महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय एसबीबीले डोरी फुकाइदिँदा नेपाली जयसिंश धामी बेपत्ता भएपछि देशभर त्यसको विरोध भइरहेको छ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले देशभर संचालनमा रहँदै आएका तुइन हटाउन निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले देशभर तुइन भएका स्थानमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

त्यसपछि तुइन हटाउने विषयमा गृह मन्त्रीको यस्तो निर्देशन आएको हो। बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल ,मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी गृह प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायतको उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077