Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिआईजी राणासहित ६१ जना प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । २०७८ साउन १४ गतेको मन्त्रिपरिषद बैठकबाट पदोन्नति भएका डिआईजी सौरभ राणा सहित प्रहरीका ६१ जना अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

आज प्रहरी प्रधान कार्यलयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई सुशोभन गरेका हुन् ।

आज प्रहरी प्रधान कार्यालयमा प्राविधिकतर्फका एसएसपी छाँयादेवी गुरूङ र एसपी रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ जना प्रहरी अधिकृतहरुलाई फूली लगाइएको थियो।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077