Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्त्री माग्दै बालुवाटार धाउने एमाले सांसदलाई देउवाको जवाफ - माधवजीले भन्नुपर्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको कसरत गरिरहेका बेला एमाले माधव नेपाल पक्षका ४/५ जना सांसदहरु सरकारमा सहभागी हुन इच्छुक रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले खुलासा गरेका छन्।

यसअघि एमाले विभाजन नभइ सरकारमा जाँदा अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नै खाइदिने भन्दै नेता नेपालले २२ सांसदको भेलामा व्यक्तिगत ‘रिस्क’ मोलेर जाने भए सांसदहरुलाई जान भनेका थिए ।

यसै बिषयमा आज अध्यक्ष प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा माधव नेपाल तत्कालै सरकारमा जाने अवस्थामा नरहेको र नेपालनिकट सांसदहरू भने व्यक्तिगत रूपमा मन्त्री बन्न खोजिरहेका बताएका थिए ।

‘एमालेका चार-पाँच जना सांसदले प्रधानमन्त्रीलाई भेटेर सांसद पद गए पनि हामी मन्त्री बन्छौं भनेछन्,प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने,  'तर, प्रधानमन्त्रीले माधव नेपालले भनेमात्र हुन्छ भनेर फर्काएछन् । माधव समूह नै सहभागी नभई व्यक्तिलाई बनाउन हुन्न भन्ने मेरो पनि मत हो ।'

माधव नेपालसहित २२ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077