Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठक स्थगित, यस्तो छ कारण

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। शनिबार बस्ने तय भएको बैठक अन्तिम समयमा आएर रोकिएको हो।

विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो। कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो। त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो। बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्।

एमाले एकताका लागि लामो समयदेखि प्रयास गरिए पनि सफल हुन सकेको छैन। पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रस्साकस्सीका कारण एमाले एकता टुंगोमा पुग्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077