Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महन्थ ठाकुरद्वारा दायर रिटमाथिको सुनुवाइ आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा ठाकुरले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ हुन लागेको हो।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि प्रक्रिया रोक्न माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरिरहन नपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077