Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४ महिनापछि एमाले होइनौं भन्ने ४ पूर्वमाओवादी नेताहरुको रिट न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौँ। सांसद पदमा पुनर्वहाली गरी पाउँ भन्दै दायर गरिएको पूर्वमाओवादी नेताहरुको रिटमाथिको सुनुवाइ आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ।

यसअघि हिजो (बिहीबार) न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएकामा सुनुवाइका लागि समयाभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको हो।

बुधबार नेकपा एमालेमा प्रवेश गरेको ४ महिनापछि ‘हामी एमाले होइनौं, माओवादी नै हौं’ हाम्रो सांसद पद पुनर्वहाली गरियोस् भन्दै पूर्वमाओवादीका चार नेताहरुले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन्।

गत चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077