Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। भने, मनसुनी प्रभावका कारण हाल देशभर सामान्य बदली रहेको छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077