Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्र बैंक आफैँमा स्वायत्त संस्था हो, मौद्रिक नीति मैले रोकेको छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति आफ्नो कारणले नरोकिएको स्पष्ट पारेका छन्।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पदाधिकारीहरूसँग मन्त्रालयमा भएको अन्तरक्रियामा अर्थमन्त्री शर्माले राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति सार्वजनिक गर्न अर्थमन्त्रीकै कारण रोक लागेको चर्चा चलेको विषयमा यस्तो भन्दै स्पष्ट पारेका हुन्।

राष्ट्र बैंक स्वायत्त संस्था भएको र आफूले सुझाव मात्रै दिएको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘राष्ट्र बैंक आफैमा स्वायत्त संस्था हो, मौद्रिक नीति कहिले ल्याउने भन्ने कुरा राष्ट्र बैंककै हो ।’

यस्तै, मन्त्री शर्माले वर्तमान मुलुकसामु रहेका समस्याहरू कुनै एक दल वा संस्थाले मात्रै समाधान गर्न नसक्ने बताउँदै उनले त्यसका लागि सबैको सहयोग आवश्यकता रहेको पनि बताए । आफूबाट भुलवश कुनै गल्ती भएमा त्यसलाई सच्याउने मौका दिन अनुरोध गर्दै उनले भने, ‘म जानी जानी कुनै गल्ती गर्दिन । यदि कनै कमजोरी भएछ भने त्यसलाई सच्याउन म सदैव तयार रहन्छु ।’

मन्त्रालयका सचिव तथा अन्य जानकारहरूको प्रत्यक्ष साथ र सहयोगका साथ आफू अगाडी बढ्ने बताउदै उनले भने, ' आगे दिनहरुमा आफूले काम गर्दा मन्त्रालयका जानकारहरूको सल्लाह र जनताको अपेक्षालाई मिलाएर निर्णय गर्नेछु।'

चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले साउन पहिलो साता नै सार्वजनिक गर्ने गरी तयारी गरेको थियो । तर आर्थिक वर्षको अन्त्यमा सरकार परिवर्तन भएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकमा समेत ढिलाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077